अब नेतृत्व युवाको हातमा जानुपर्छ : सपना परियार
सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् । मेचीनगर–१५ बाट निर्वाचित दलित महिला सदस्य परिवार युवा जनप्रतिनिधि पनि हुन् । स्थानीय तहमा निर्वाचित भएर झण्डै तीन वर्षको समय व्यतित गरिसकेपछि उनलाई हामीले यसबीचको अनुभव सोधेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रले निश्चित गरेको समावेशीता र समानुपातिक प्रतिनिधित्वका विषयमा कुरा गरेका छौं । प्रस्तुत छ खबरमञ्चले उनीसँग गरेको कुराकानीको सम्पादित अंश
जनप्रतिनिधिका रुपमा निर्वाह गरिरहेको जिम्मेवारीले कस्तो अनुभव हुँदैछ ?
म नेपाली कांग्रेसबाट निर्वाचित भएकोमा गर्व लाग्छ। जनताको विश्वास जितेर जिम्मेवारी पाएको छु र जनताको सुख–दुखमा साथ दिन पाउँदा अत्यन्तै खुसी छु। वडाको हरेक निर्णय प्रक्रियामा समावेश भएर समुदायको हितका लागि काम गरिरहेको छु।
तपाईं राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
राजनीति सबै नीतिहरुको मुख्य नीति हो । राजनीतिमा अब युवा पुस्ताले अग्रसर हुनुपर्छ। हामीले अग्रज पुस्तालाई सम्मान गर्दै उनीहरूबाट सिक्नुपर्छ। उनीहरूको अनुभवले हामीलाई मार्गदर्शन गर्छ, तर नेतृत्व अब युवाको हातमा जानु जरुरी छ।

दलित समुदायको सशक्तिकरणका लागि के काम भइरहेको छ ?
हाम्रो वडाले दलित समुदायलाई लक्षित गर्दै सिपमूलक तालिम, स्वरोजगार कार्यक्रम, सीप विकास तालिमजस्ता कार्यहरू सञ्चालन गरिरहेको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ। वडास्तरमै दलित समुदायको आवाज पुग्ने व्यवस्था भएकाले अब उनीहरू पनि निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी छन्। यसबाहेक स्वास्थ्य बिमा पनि वडाबाटै गरिएको छ ।
संघीयता र समावेशी प्रतिनिधित्वबारे तपाईंको धारणा के छ ?
संघीय व्यवस्थाले सबै वर्ग, जाति र समुदायलाई प्रतिनिधित्व दिने मौका दिएको छ। दलित, महिला, जनजाति सबैले निर्णय गर्ने ठाउँमा पुग्न पाएका छन्।
तपाइँ जस्ता युवा जनप्रतिनिधि यसो भन्नुहुन्छ । तर, राजा चाहियो भन्नेहरु पनि छन् नि ?
लोकतन्त्रमा सबैले विचार राख्न पाइन्छ । तर अब शासन वंशको आधारमा होइन, जनताको आधारमा हुन्छ भन्ने सुनिश्चित भएको छ। राजतन्त्र फर्कनु असम्भव छ।
आगामी निर्वाचनमा तपाईंको योजना के छ ?
पार्टीले भन्छ, मैले मान्ने त्यही हो। पार्टीले जुन पदमा मलाई अघि सार्छ, म जनताको सेवाका लागि चुनाव लड्न तयार छु। राजनीति मेरो लागि सेवाको माध्यम हो। म सधैं जनताको हितमा काम गर्न प्रतिबद्ध छु।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
