मेचीनगर– २ : बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । दिपज्योती हेल्पिङ हेण्को आयोजनामा हुन लागेको कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ भने मेचीनगर क्षेत्रमा रहेका १० वटा बिभिन्न विद्यालयहरुले समेत आफ्नो क्षमता प्रस्तुत गर्ने छन् ।
लागू औषध दुब्र्यसन न्यूनीकरण गर्न तथा कोशी भ्रमण वर्ष २०८२ लाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न लागेको हौं,’ आयोजक समितिका अध्यक्ष अभिजित कालिकोटेले भने, ‘मेचनिगर क्षेत्रमा थुप्रै धार्मिक तथा पर्यटकीय गन्तब्यहरु छन्, जसलाई साँस्कृतिक कार्यक्रमको माध्यमले चिनाउनु र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्शित गर्नु छ ।’ उनले समाज लागू औषध दुब्र्यशनको दलदलमा फस्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न पनि साँस्कृतिक कार्यक्रम फलदायी हुने बताए ।
कार्यक्रम सम्पन्न गर्न करिव १४ लाख खर्च हुने आयोजकको अनुमान छ । समितिका उपाध्यक्ष थेसिस रुचाल भन्छन्, ‘समाजमा सकारात्मक प्रभाव पार्ने खालको कार्यक्रम तयारी गरेका छौं, युवाहरुको सक्रिय भूमिका छ ।’ उनले कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनले भने, बाहुनडाँगी लगायत बिभिन्न क्षेत्रबाट बैदेशिक रोजगारीमा जानुभएका अग्रजहरुले आर्थिक सहयोग गर्नु भएको छ । स्थानीय बिभिन्न संघ संस्थाबाट समेत आर्थिक तथा आवश्यक सहयोग प्राप्त भएको छ ।’
कार्यक्रमको पहिलो दिन उद्घाटनको अवसरमा मेचीनगर क्षेत्रका विद्यालयहरुको साँस्कृतिक प्रस्तुती रहने उनले बताए । उनका अनुसार पहिलो दिन विद्यालयहरुको प्रतियोगितात्मक साँस्कृतिक नृत्य, गायन, वक्तित्वकला प्रतियोगिता आयोजना हुने छ । भने विज्ञान प्रदर्शनी तथा साँस्कृतिक भेष भूषाका स्टल समेत रहने छ । कार्यक्रमको दोस्रो र तेस्रो दिन भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उनले बताए । कार्यक्रममा कलाकार समिक्षा अधिकारी, सोप्न सुमन, रमेश प्रसाई लगायतका कलाकार हरुले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । कार्यक्रममा देही आर्टको चित्रकाला प्रदर्शनी समेत रहने आयोजकले जनाएको छ । भने कार्यक्रममा होष्टको रुपमा रिमा विश्वकर्मा आउने छिन् ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...