पूर्वीगृह सहकारी आइतबार र वुधबारमात्र खुल्ला रहने

धुलावारी । पूर्वीगृह बचत तथा ऋण सहकारी सस्था हप्तामा दुई दिन खुल्ला रहने भएको छ । कोरोना भाइरस दोस्रो लहरबाट जोखिम उच्च भएका कारण हप्तामा दुई दिन मात्र सेबा दिइने भएको हो ।
नयाँ भेरियन्टको कोरोना कोभिड १९ को संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा जारी गरेपछि सस्थाले दिने सेबा पनि हप्तामा दुई दिन मात्र दिइने भएको हो ।
सस्थाका मुख्य प्रबन्धक सरोज मेहराका अनुसार हप्ताको आइतबार र बुधबार मात्र बित्तिय सेबा सञ्चालन गरिने बताए । ‘आइतबार र वुधबार बिहान १० बजेदेखि १२ बजेसम्म बित्तिय सेबा सञ्चालन हुनेछ ।’ उनले भने– सस्थाका सदस्यका लागी आबश्यक्ता का आधारमा २० हजारसम्म मात्र भुत्तानी गर्न सकिने उनले बताए ।
झापाको मेचीनगर–९ मा प्रधान कार्यालय रहेको यस सहकारीको सबै शाखा कार्यालयमा समेत यो नियम लागु हुने मुख्य प्रबन्धक मेहराले बताए । हालै, गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्था मेचीनगर–९ र पूर्वीद्वार बचत तथा ऋण सहकारी सस्था मचीनगर–१० धुलावारी बिच एकिकरण भई पूर्वीगृह बचत तथा ऋण सहकारी सस्था नामाकरण भएको हो ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...