चैत २६ र २७ गते ‘अरुणोदय उत्सव’
काँकरभिट्टा । अरुणोदय बोर्डिङ्ग स्कुल मेचीनगर–६, काँकरभिट्टाले २९औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन ।
काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिक उत्सब र अरुणोदय महोत्सव को रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ ।
त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद सामाग्री प्रदर्शनी, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला प्रदर्शनी तथा बिक्रि, दैनिक प्रयोग गरिने खाद्य वस्तुको प्रदर्शनी तथा विक्रि, आँखा तथा दाँत परिक्षण , विद्यार्थीहरुले पकाएका स्तानिय नेवारी , राजवंशी , राई , तामाङ्ग, शेर्पा र मगर समुदायका खानाका परिकार विक्रि, स्काउटका सामाग्री प्रदर्शनी र बिक्रि आदि कार्यक्रमहरु रहेको छ । उत्सवमा करिव १ हजार मानिसहरुको उपस्थिति रहने बताइएको छ ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

