काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु
मेचीनगर । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ । मेचीनगर–६, काँकरभिट्टा स्थित भानुटोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।
ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई त्यहाबाट थप उपचारका लागि नोवेल अस्पताल लगिएको थियो ।
उनको शनिबार राति १० वजे नोवेल अस्पतालमा मृत्यु भएको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।
उनका श्रीमती, २ छोरा र २ जना छोरी छन् । योसँगै मेचीनगरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
