काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु

मेचीनगर । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ । मेचीनगर–६, काँकरभिट्टा स्थित भानुटोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।
ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई त्यहाबाट थप उपचारका लागि नोवेल अस्पताल लगिएको थियो ।
उनको शनिबार राति १० वजे नोवेल अस्पतालमा मृत्यु भएको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।
उनका श्रीमती, २ छोरा र २ जना छोरी छन् । योसँगै मेचीनगरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...