टिम प्रेस क्लबलाई मेचीनगरकाे सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले भर्खरै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर नगर प्रमुखको कार्यकक्षमा एक कार्यक्रमकाे आयाेजना गरि प्रेस क्लब मेचीनगरको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको हो ।

प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा तथा सदस्यहरुमा पुष्कर गुरागाईं, सुजन प्रधान, भोला तिम्सिना र सेवन्ता घिमिरे सर्वसम्मत चयन भएका थिए ।

आज समितिलाई नगर प्रमुख गाेपालचन्द्र बुढाथाेकीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बाेल्दै प्रमुख बुढाथोकीले प्रेस क्लबसँग सहकार्य गरेर अघि वढ्ने बताए । कार्यक्रम नवनिर्वाचित अध्यक्ष प्रकाश पाैडेलले नगरकाे सञ्चारक्षेत्रकाे विषयमा धारणा राखेका थिए । कार्यक्रमकाे सञ्चालन नगर प्रमुख सचिवालयका सचिव आशिष् पाैडेलले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



