जनसाँस्कृतिक महासंघ मेचीनगरको अध्यक्षमा पाख्रिन

मेचीनगर । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ मेचीनगर कमिटीको अध्यक्षमा चक्र पाख्रिन सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय सदस्य मोहन बि.क को प्रमुख आथित्यतामा एमाले जिल्ला कमिटी सदस्य भुपाल सिवाकोटी, राजु पोखरेल र एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न प्रथम नगर अधिवेशनबाट पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ मेचीनगरको उपाध्यक्षमा पुष्प भट्टराई, महिला उपाध्यक्षमा लक्ष्मी अच्युत ढुङ्गाना, सचिवमा गम्भीरध्वज मगर र कोषाध्यक्षमा निरू खवास रहेका छन् । त्यस्तै कमिटीको सदस्यहरूमा रामजी विष्ट, राजेश राई, सोम तोलाङ्गी, अनक भुजेल, दुर्गाप्रसाद अधिकारी, लिला कार्की, गोविन्द राजबंशी र भिमा मोते रहेका छन् ।
पार्टीको राष्ट्रिय तीन महिने “जरा अभियान” अन्तर्गत मेचीनगरमा एमालेले जनता लक्षित विभिन्न कार्यक्रम गर्नुका साथै भातृ संगठनहरू चलायमान बनाउँदै धमाधम अधिवेशन सम्पन्न गरिरहेको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनले अब एमाले वडातहमा नै पुगेर जनताको समस्या समाधानका लागि अगाडि बढ्ने बताए ।
यसअघि अपांग संघ र पुर्व प्रहरी संगठनको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै नेपाल खेलकुद महासंघ मेचीनगर, प्रेस चौतारी नगर कमिटीलगायतको अधिवेशन तयारी चरणमा रहेको उनको भनाइ छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...