शनिवार विर्तामोडमा ‘सामना कन्सर्ट’, बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा
विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ‘सामना कन्सर्ट’ हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ।
नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक ‘सामना कन्सर्ट’ हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते ९भोलि० शनिबार बहुचर्चित राष्ट्रिय जनवादी कलाकारहरु माइला लामा, मणि थापा, आरोह नेपाली , रमण थामी लगायतका दर्जनौं कलाकारहरुको साथमा कार्यक्रम हुने भएको हो । कार्यक्रमका लागि कलाकारहरुको टोली पुर्व आइसकेको र भोलि हजारौं झापाली जनता सामु कार्यक्रम गर्ने तयारी रहेको नेकपाले जनाएको छ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा विकृति र विसंगति बढ्दै गएको , समाज परिवर्तनका सांस्कृतिक गीतहरु भन्दा अश्लील र अपाच्य गीतहरुले समाजलाई असर गरिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाज रुपान्तरणको आवाज बोकेका र परिवर्तनकारी आन्दोलन छेडेर आएका बहुचर्चित कलाकारहरूले झापाली जनसमुदायहरुमा समाजवादका लागि सकारात्मक उर्जा र सन्देश प्रवाह गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको समेत नेकपा झापाले जनाएको छ।
‘सामना कन्सर्ट’ मा विभिन्न गीतहरु सँगै नृत्य तथा नाट्य प्रस्तुति समेत रहने र निशुल्क हेर्न सकसने व्यवस्था गरिएको छ। खुल्ला कार्यक्रममा सम्पुर्ण जनसमुदायलाई उपस्थितिका लागि नेकपा झापाले अपिल समेत गरेको छ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
