मेचीनगरको ब्रिकेट कोइला फ्याक्ट्रीमा भिषण आगलागि
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भएर आलगाली भएको छ ।
सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यद्यपि यो खबर तयार हुँदासम्म फैलिएको आगो नियन्त्रणमा आइसकेको छैन।
भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिका को दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतीको यकिन बिवरण आइनसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएपछि घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


