मेचीनगरको ब्रिकेट कोइला फ्याक्ट्रीमा भिषण आगलागि

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भएर आलगाली भएको छ ।
सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यद्यपि यो खबर तयार हुँदासम्म फैलिएको आगो नियन्त्रणमा आइसकेको छैन।
भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिका को दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतीको यकिन बिवरण आइनसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएपछि घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...