सरस्वती पूजामा लिङ्कन मोन्टेश्वरीको भव्य कार्यक्रम

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सरस्वती पूजाको अवसरमा निशुल्क भर्ना अभियान सञ्चालन गरिएको हो ।
आज अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । यो सुविधा चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ । अक्षराम्भ कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष हरि बास्कोटा, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझा, शान्ति टोल बिकास समितिका सचीव सोम संग्रौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस मोन्टेश्वरीमा पि.जीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए ।
उनले प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ ।
सुनौलो १ हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ त्यसले उनीहरुको मनोबैज्ञान लाई आत्म बल प्रदान गर्न विभिन्न कार्यक्रममा उच्च पदर्थ ब्यक्ति मन्त्री ,सांसद ,मेयर,वडाध्यक्ष संग बालबालिका राख्ने र उत्प्रेरणा दिने गरिएको छ । बालबालिकाको गुणस्तरीय शिक्षा लाई प्रभाबकारी बनाउन शिक्षक लाई मन्टेश्वरी तालिम दिदै रचनात्मक बनाउने गरिएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...