प्रथम नवदुर्गा फुटवलको उपाधि नकलबन्दाले जित्यो
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० हजार प्राप्त गर्न सफल भयो ।
नेपाल पत्रकार महासंका कोषाध्यक्ष एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न फुटवल खेलमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्वास्थ्य जीवनका लागि खेलिने खेल पछिल्लो समय लागु औषध विरुद्धको अभियाका रुपमा अघि बढेको बताए । खेल स्वास्थ्य जीवन र रमाइलोको लागि मात्र होइन् । उनले भने, ‘यो दुव्र्यशन विरुद्धको अभियान पनि हो ।’
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
