धुलाबारी बजारमा चल्यो मेचीनगरको डोजर
धुलाबारी । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ ।
आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । मेचीनगर वडा नं. ९ र १० का वडाध्यक्षहरु कञ्चन तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित थिए ।

विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको हुँदा अतिक्रमित संरचनाहरु हटाएर सडकको क्षेत्र क्लियर गर्नु परेको वडाध्यक्षहरुले स्थानीयलाई सम्झाएका थिए ।
धुलाबारी मोडदेखि उत्तर लगभग एक सय मिटरको दूरीमा पश्चिम किनारका विभिन्न संरचनाहरु भत्काइएका छन् ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


