मेची आँखा अस्पतालमा थपियो कानको उपचार सेवा
बिर्तामोड । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सैनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो ।
उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताउनुभयो । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको जानकारी दिनुभयो । आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उहाँको भनाई थियो ।
यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ । निकट भविष्यमा कानको उपचारका लागि थप सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले बताउनुभयो ।
बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफ्नो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताउनुभयो । उहाँले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गर्नुभयो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
