देवकोटा पार्क : लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती भव्य मनाउने तयारी
मेचीनगर । देवकोटा पार्क व्यवस्थापन समिति मेचीनगर-६ काँकरभिट्टाले यस बर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने भएको छ । बालकृष्ण थापाको नेतृत्वमा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्यरूपमा मनाउने भएको हो ।
कार्यक्रमको मिति नजिकिँदै जाँदा यतिबेला आयोजक कार्यक्रम सफल बनाउन लागि परिरहेको देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले जानकारी दिए ।
उनले मेचीनगरको व्यस्त शहर काँकरभिट्टाको अस्तव्यस्त जनजीवनलाई थोरै भएपनि देवकोटा पार्कले राहत दिएको बताए । यसलाई संरक्षण गर्दै साहित्यीक क्षेत्रसंगै आन्तरिक तथा बाह्य पर्यटकको उचित गन्तव्य बनाउने अभियानमा आफुहरू दत्तचित्त भएर लागि परिरहेको बताए ।
यसपालि कात्तिक १५ गते लक्ष्मीपूजा परेको छ । सोही दिन बिहान ११ बजेबाट कार्यक्रम सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
