देवकोटा पार्क : लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती भव्य मनाउने तयारी
मेचीनगर । देवकोटा पार्क व्यवस्थापन समिति मेचीनगर-६ काँकरभिट्टाले यस बर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने भएको छ । बालकृष्ण थापाको नेतृत्वमा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्यरूपमा मनाउने भएको हो ।
कार्यक्रमको मिति नजिकिँदै जाँदा यतिबेला आयोजक कार्यक्रम सफल बनाउन लागि परिरहेको देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले जानकारी दिए ।
उनले मेचीनगरको व्यस्त शहर काँकरभिट्टाको अस्तव्यस्त जनजीवनलाई थोरै भएपनि देवकोटा पार्कले राहत दिएको बताए । यसलाई संरक्षण गर्दै साहित्यीक क्षेत्रसंगै आन्तरिक तथा बाह्य पर्यटकको उचित गन्तव्य बनाउने अभियानमा आफुहरू दत्तचित्त भएर लागि परिरहेको बताए ।
यसपालि कात्तिक १५ गते लक्ष्मीपूजा परेको छ । सोही दिन बिहान ११ बजेबाट कार्यक्रम सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
