‘महासंघलाई पनि नयाँ उचाइमा पुर्याउनेछु’
बिर्तामोड । भोली हुने नेपाल पत्रकार महासंघको निर्बाचनमा उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका हिमाल खरेलले सर्वाधिक लोकप्रिय मतका साथ निर्वाचित हुने बताएका छन् । खबरमञ्च अनलाइनसँग कुराकानी गर्दै खरेलले झापाका क्रियाशिल यूवा पत्रकारको साथ आफुसँग भएका कारण सर्वाधिक मतका साथ निर्वाचित हुने बताएका हुन ।

स्बतन्त्र उपाध्यक्षमा उम्मेद्वारी दिएका खरेलले महासंघलाई अझ व्यावसायिक, सिर्जनाशील र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्ष समेत रहेका खरेल पत्रकार मञ्चलाई जस्तै नेपाल पत्रकार महासंघलाई पनि नयाँ उचाइमा पुर्याउने बताएका छन् । महासंघमा यूवा नेतृत्वको लागी पनि आफ्नो उम्मेद्वारी रहको उनको भनाई छ ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


