सशस्त्र प्रहरीद्वारा काँकरभिट्टामा कार र पटाका बरामद
बिर्तामोड । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ ।
प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नष्ट गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिए ।
भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको हो ।
भारतीय नम्बर प्लेटको डब्ल्यु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको थियो । भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीलाई देख्नासाथ कार छाडेर चालक भागेपछि शंका लागेर हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
