चुनिए एमाले मेचीनगर हाँक्ने वडा कमाण्डरहरु


मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले मेचीनगरका सबै वडाहरुको अधिवेशन भदौ २९ गते सम्पन्न गरेको बताए । अध्यक्ष कार्कीले भने, ‘हामीले मेचीनगरका १५ वटै वडाहरुमा हाम्रो अधिवेशन सम्पन्न गरेका छौँ । जसमध्ये वडा नम्बर ८ को वडा अधिवेशन शोकमा डुबेको कारण बन्दसत्रलाई केही दिन स्थगन गरिएको छ ।’

अध्यक्ष कार्कीका अनुसार मेचीनगरका सबै वडा नम्बर ७,९ र १३ बाहेकका अन्य सबै वडाहरुमा सर्वसम्मत नेतृत्व छनोट भएको छ । मेचीनगर १ को एमालेको अध्यक्ष पदमा डिकेन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा मोहन खनाल, सचिव हरि तामाङ र उपसचिवहरुमा खेमकुमारी कार्की र भेषराज कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी मेचीनगर २ मा रेणु काफ्लेको नेतृत्वमा एमालेले कमिटी निमार्ण गरेको छ । अध्यक्ष काफ्ले एमाले मेचीनगरको वडा कमिटीकोे अध्यक्षको रुपमा निर्वाचित पहिलो महिला हुन् । यसैगरी उपाध्यक्षमा केदारनाथ चापागाई, सचिवमा पुकार घिमिरे र उपसचिवहरुमा महेन्द्र ढकाल र भुवन राणा चयन भएका छन् ।

मेचीनगर ३ को वडा कमिटी अध्यक्षको रुपमा राजेन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा प्रविण गिरी, सचिवमा खगेन्द्र पोखरेल र उपसचिवहरुमा काजी मेचे र दमयन्ती तामाङ निर्वाचित भएका हुन् ।

मेचीनगर ४ को अध्यक्षमा तिर्थराज नेपाल सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा गीता लुङ्गेली र उपसचिवहरुमा मोहन खपाङ्गी र भानु परियार निर्वाचित भएका छन् ।

मेचीनगर ५ को अध्यक्षमा रविन राउत, उपाध्यक्षमा हीरा सुर्खेती, सचिवमा सुरज तामाङ र उपसचिवहरुमा सुनित गिरी र पदमकुमारी राई सर्वसम्मत चयन भएका छन् ।

एमाले मेचीनगर ६ को अध्यक्ष पदमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा प्रमिला ओली, सचिवमा कैलाश राई र उपसचिवहरुमा प्रदीप सिटौला र सञ्जय तामाङ चयन भएका छन् ।

मेचीनगर ७ को अध्यक्षमा युवा नेता दावा लामा ६७ मत प्राप्त गरी निर्वाचित भए । यसैगरी उपाध्यक्षमा सोम ओली, सचिवमा सुशिल धिताल र उपसचिवमा शिवलाल राजवंशी सर्वसम्मतत चयन् भएका हुन् ।

मेचीनगर ९ को अध्यक्षमा राजन खड्का निर्वाचित भएका छन् । उनी ९३ मतका साथ निर्वाचित भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार कर्म गौतमले ४० मत मात्र प्राप्त गरेको निर्वाचन समिति सदस्य राजु धिमालले बताए ।

निर्वाचन समिति सदस्य धिमालका अनुसार उपाध्यक्षमा धन बहादुर लक्षम ९९५०, सचिवमा होमनाथ पौडेल ९९७० मतका मतका साथ निर्वाचित भएका छन् । उपसचिवमा विष्णु चौधरी र हेमा कट्टेल सर्वसम्मतत चयन भएका हुन् ।

यस्तै एमाले मेचीनगर १० को अध्यक्षमा उमेश डाँगी सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा लक्षु बानियाँ, सचिवमा शिव कुमार पोखरेल र उपसचिवहरुमा सुरज कार्की र गीता खरेल निर्वाचित भएका छन् ।

यस्तै एमाले मेचीनगर ११ को अध्यक्ष पदमा राम कुमार रिजाल चयन भएका छन् भने उपाध्यक्षमा यसोदा डाँगी, सचिवमा श्याम शिवाकोटी उपसचिवहरुमा शक्ति थेवे, भावना हिङ्वाङ चयन भएका हुन् ।

यसैगरी एमाले मेचीनगर १२ को अध्यक्ष पदमा रुपेश अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा दिलिप लामा, सचिवमा प्रकाश बराल र उपसचिवहरुमा कृष्णमाया बराइली र अनिता राई निर्वाचित भएका हुन् ।

एमाले मेचीनगरका १३ का अध्यक्ष पदमा भोजराज पराजुली १०२ मतका साथ निर्वाचि भएका हुन् । यस्तै उपाध्यक्षमा तिलन श्रेष्ठ ९११४०, सचिवमा सन्देश न्यौपाने ९९८० र उपसचिवहरुमा भिष्म रिजाल ९१११० र रुपा अधिकारी ९१०५० निर्वाचित भएका हुन् ।

एमाले मेचीनगरका १४ का अध्यक्ष पदमा मोहन राउत चयन भएका छन् भने उपाध्यक्षमा कृष्ण कुमारी सुवेदी, सचिवमा सुरेश बुढाथोकी र उपसचिवहरुमा उमानाथ ओली र नम्रता मिश्र चियन भएका छन् ।

यसैगरी एमाले मेचीनगर १५ को अध्यक्ष पदमा चेतराज विष्ट सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा कुल बहादुर कार्की, सचिवमा राजु राजवंशी र उपसचिवहरुमा बुलबुली राजवंशी र थिरेन्द्र भेटवाल निर्वाचित भएका छन् ।

मेचीनगर ८ को वडा अधिवेशको बन्दसत्र शोकका कारण रोकिएको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले बताए । उनले भने ‘आठ नम्बरमा अध्यक्षको उम्मेदवारी दर्ता गराएको केही समय पछि अग्रज कमरेड हिम बहादुर कार्कीको निधन भएसँगै हामीले अधिवेशनको कार्यक्रम स्थगन गरेका छौँ ।’

अध्यक्ष कार्कीका अनुसार स्वर्गीय हिम बहादुर कार्की एमाले मेचीनगरका खम्बा रुपमा स्थापित थिए । साथै स्व। कार्की मेचीनगर ८ का तीन जना वडा अध्यक्षका दाबेदार मध्ये एक दाबेदार पनि थिए । उनको निधन भएसँगै उक्त अधिवेशनको बन्दसत्रको कार्यक्रम केही दिनलाई रोकिएको अध्यक्ष कार्कीले जानकारी दिए । एमाले मेचीनगर ८ का अन्य दुई जना दाबेदारहरु सुनिल ओली र मिन बहादुर विश्वकर्मा हुन् ।