एमाले मेचीनगर : १ र ४ वडा अधिवेशन सम्पन्न

मेचीनगर । नेकपा एमाले मेचीनगरको वडा नं १ र ४ को वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार वडा नं १ र ४ को अधिवेशन सम्पन्न भएको हो ।
वडा नं १ को गाढागल्ली स्थित सामुदायीक भवनमा वडा अधिवेशन सम्पन्न भएको थियो । वडा अधिवेशन बाट डिकेन्द्र कुमार थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
मेचीनगर १ को नयाँ कार्य समितिको उपाध्यक्षमा मोहन खनाल, सचिव हरि तामाङ, सहसचिव खेमकुमारी कार्की, भेषराज कार्की चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अमृत पुरी, बविता भारती, मोहन तामा, विर बहादुर तामा, कुमारी तामाङ, जयनसिहं तामाङ, टंकराज गिरी, सवनाम विश्वकर्मा, रीता चाहर, भगवती राई धमला, युवराज पोखरेल, धाराशिला भट्टराई, इन्दिरा दाहाल, अमृता राई, राजेश राई, छत्रबहादुर राई, टीकाराम किसान, धनराज तामाङ, दाताराम घिमिरे, सीता विश्वकर्मा, रेवत भुजेल र अमृत बहादुर विश्वकर्मा चयन भएको बताइएको छ ।
मेचीनगर १ को वडा अधिवेशनमा नेकपा एमालेकी केन्द्रिय सदस्य मीना पोखरेल उप्रेती, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, घनश्याम अधिकारी, जिल्ला सचिवालय सदस्य कृष्ण कनाल, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नगर कमिटि सदस्य एवम् मेचीनगर १ का अध्यक्ष राजकुमार राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आजै सम्पन्न मेचीनगर ४ को वडा अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य रविन कोइराला, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटिका नेता तथा नगरका नेतृत्वको उपस्थिति रहेको थियो ।
नेकपा एमाले मेचीनगर कमिटिले यही भदौँ भित्र पन्ध्रै वटा वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय बमोजिम आज मेचीनगर १ र ४ नं वडाको अधिवेशन सम्पन्न भएको नगर अध्यक्ष राजु कार्कीले बताए । अब भदौ १८ गते वडा नं १४ २४ गते ११ र १३, २५ गते ५ र ६, २७ गते ९ र १०, २८ गते २ र ३, २९ गते ७,८ र १५ को अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको अध्यक्ष कार्कीले बताए ।

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशनले...

मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष...

मेचीनगर । विगत ७ वर्षदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा...

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले...

काँकरभिट्टा । मेचीनगर गोल्डकप सञ्चालन गर्दा साढे २४...

झापा । कोशी प्रदेशका पालिकाहरुमा बढुवा भएका कर्मचारीहरु...

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४...