मेचीनगरका मेयर कोरोनामुक्त, घर फर्किन अझै एक हप्ता लाग्नसक्ने
झापा । मेचीनगरका प्रमुख विमल आचार्य कोरोनामुक्त भएका छन् । भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा उपचार गराइरहेका आचार्यको आज पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
गत असोज २८ गते मेची प्रादेशिक अस्पतालको कनकाई प्रयोगशालामा स्वाव परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य खराब बन्दै गएपछि कार्तिक ४ गते उपचारका लागि विराटनगरको नोबेल हस्पिटल भर्ना भएका थिए ।
त्यहाँ समेत उनको स्वास्थ्यमा भनेजस्तो सुधार आन सकेन । त्यसपछि उनलाई कार्तिक ११ गते सिलिगुढी लगियो । फोक्सोमा संक्रमण समेत देखिएका नगरप्रमुख आचार्य लामो समयदेखि मधुमेहका विरामी थिए । सिलिगुढीमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले जनाएका छन् ।
सल्लाहकार उप्रेतीले नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक रुपमा भइरहेको सुधारका बारेमा फेसबुकमार्फत जानकारी दिदै आएका छन् ।
उप्रेतीका अनुसार आचार्य अझै एक साता सिलिगुढीको हस्पिटलमै रहेर पूर्ण स्वास्थ्यलाभ गर्नेछन् ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
