मेचीनगर एसईई : ९ वटा विद्यालयको मात्र नतिजा शतप्रतिशत
मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ९ वटा संस्थागत विद्यालयको नतिजा शतप्रतिशत आएको छ । शिक्षा शाखा मेचीनगरले दिएको जानकारी अनुसार एसईईमा सहभागी नगरका ३८ संस्थागत विद्यालय मध्ये ९ विद्यालयको नतिजा शतप्रतिशत आएको छ ।
सामुदायिक विद्यालयतर्फ भने कुनै पनि विद्यालयको नतिजा शतप्रतिशत हासिल हुन सकेनन् ।
शतप्रतिशत नतिजा निकाल्ने विद्यालयहरुमा आदर्श विद्यालय मन्दिर मेचीनगर–९(७/७), थेसिस अंग्रेजी मावि मेचीनगर–३(१८/१८), दुर्गा आवासीय मावि मेचीनगर–१२(१९/१९), मिनिल्याण्ड अंग्रेजी मावि मेचीनगर–१४(१/१), सनसाइन अंग्रेजी मावि मेचीनगर–८(८/८) रहेका छन् ।
त्यस्तै सनसाइन अंग्रेजी मावि मेचीनगर–२(१८/१८), सरस्वती शिक्षा सदन मेचीनगर–१०(५/५), हिमालयन एकाडेमी मेचीनगर–९(५/५), तथा बालबाटिका अंग्रेजी मावि मेचीनगर–१३(८/८) का सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
मेचीनगरबाट सामुदायिकतर्फ ३०.४३ तथा संस्थागततर्फ ७७.२४ गरी समग्रमा ५२.४ प्रतिशत विद्यार्थीले एसईई उत्तीर्ण गरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



