बालकल्याण मावि : शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । बिहीबार विद्यालय परिसरमा आयोजित भेलाले अध्यक्षमा पूनः लिम्बूलाई सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा गोपाल गिरी, दीपक ढुंगाना, विन्जिता तामाङ, सीता भट्टराई, सीता भट्टराई (पौडेल) चन्द्र प्रसाद गुरागाँई, मनकुमारी सिक्देल, शिक्षक प्रतिनिधि सन्तलाल माझी, भूपेन्द्र गिरी पदेन सदस्य र सदस्य सचिवमा नारायण प्रसाद न्यौपाने रहेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूको सभापतित्व एवम् मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूप्न्द्र गिरी, विद्यालयका पूर्व प्रधानाध्यापक गणेश प्रसाद सुवेदी, पूर्व विब्यस अध्यक्ष दिलिप सुब्बा, अनन्त कुमार दाहाल, पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदी लगायतले बोलेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष रंगलाल गिरी, संस्थापक सदस्य शेरबहादुर राई, रामकुमार गिरी, जग्गादाता धनराज गिरी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रावि इञ्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले गरेका थिए ।
विद्यालयले यस अघि स्थापना गरेको शिक्षक अभिभावक कोष बृद्धिको लागि रकम समेत संकलन भएको छ । कोषमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीले रु ५ हजार, दीपक ढुंगानाले २ हजार र भोलानाथ भट्टराईले रु १ हजार प्रदान गरेका थिए । सो कोष बृद्धिको लागि विद्यालयका पूर्व प्रधानाध्यापक गणेश प्रसाद सुवेदीले रु ११ हजार र पिटिए अध्यक्ष सुभाष लिम्बूले रु ५ हजार जम्मा गर्ने घोषणा गरेको विद्यालयले जनाएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
