फुलबासा खोलामा डुवेर बालकको मृत्यु


मेचीनगर वडा नम्बर १४ का बामरा सतारका २० महिनाको छोरा रीहान सतारको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मगमग उद्योगको पूर्वपटि रहेको फुलबासा खोलाको किनारमा साँझ खेल्ने क्रममा बालक खोलामा डुवेका थिए ।

घरबाट हराएको करिव १ घण्टापछि खोलामा बालकलाई तैरिरहेको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो ।