मेचीनगरकाे बजेट २ अर्ब ५ कराेड बढी
मेचीनगर । मेचीनगरको प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१र८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको हो ।
आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् ।

बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएको छ । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
