स्थापना दिवसमा माकुराका जेष्ठ नागरिक सदस्य सम्मानित
मेचीनगर । जल, जमिन र जंगलमा उत्पन्न विवादलाई निरुपण गर्दै आएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र झापाले आइतबार ११ औं स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक माकुरा समूहका सदस्यलाई सम्मान गरेको छ ।
झापाको धुलाबारीमा आयोजित कार्यक्रममा मेचीनगर, कनकाई, बुद्धशान्ति, अर्जुनधारा र झापा गाउँपालिकाका माकुरा समूहका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । द्वन्द्व रुपान्तरण गर्न योगदान पुर्याएबापत १८ जनालाई सम्मान गरिएको हो । झापामा २ सय बढी माकुरा सदस्य छन् ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाको अध्यक्षता तथा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख बुढाथोकीले न्याय निरुपणको क्षेत्रमा संस्थाको भूमिका अतुलनीय रहेको बताए । उनले सही दृष्टिकोण राखेर विवाद निरुपण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोक कुमार बस्नेतले मेलमिलाप गर्ने काम पवित्र भएको बताए । उनले स्थानीय पालिकामै विवाद निरुपण हुँदा अदालतसम्म कम मुद्धा आउनु राम्रो पक्ष भएको बताए ।
कार्यक्रममा जेष्ठ नागरिक माकुरा समूहका सदस्य कनकाईका ओम पाठक, अर्जुनधाराका जगत बहादुर राना, बुद्धशान्तिका माधवप्रसाद खतिवडाले कार्य अनुभव सुनाएका थिए ।
कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोक कुमार बस्नेत, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई मायाको चिनो तथा अर्जुनधारा र मेचीनगरलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । सहजकर्ता मान बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहजकर्ता हिमादेवी मगरले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
