सुपारी खेती विस्तारका लागि मेचीनगरको सहयोग
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गरेको छ ।
मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ किसानलाई आकर्षित गर्दै त्यस तर्फ प्रोत्साहन गर्न नगरपालिकाले बजेट विनियोजन नै गरेर सहयोग पुर्याई रहेको छ ।
किसान संग प्रत्यक्ष जोडिएर उनिहरूको आर्थिक स्तरोन्नतिमा थोरै भएपनि टेवा पुर्याउने लक्ष सहित नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरिरहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही कार्यक्रम मध्ये एक सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम पनि रहेको उनको भनाइ छ ।

किसानलाई उत्पादनमूलक क्षेत्रमा जोडेर आत्मनिर्भर बनाउन सकियो भनेमात्रै अबको समयमा कृषि क्षेत्र र किसान वर्ग जोगिने हुँदा यसतर्फ स्थानीय सरकारको नाताले आफुहरू सचेत रहेको उनको भनाइ छ ।
नगरपालिकाले सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम अन्तर्गत मेचीनगर १ बासे स्थित मेची कृषक सुपारी समूहलाई ८० प्रतिशत अनुदान कार्यक्रम मार्फत नगद दुई लाख रूपैयाँ विनियोजन गरेको थियो ।
मेची कृषक किसान समुहले उक्त कार्यक्रम आजबाट सुरू गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख बुढाथोकीले गरेका छन् । कार्यक्रममा सुपारी खेतीका अभियान्ता निलकण्ठ तिवारी, मेची कृषक सुपारी समूहका अध्यक्ष रन्तबहादुर कार्की, उपाध्यक्ष खड्गबहादुर राईलगायत अन्य पदाधिकारी तथा किसानहरूको सहभागीता रहेको थियो ।
नगरपालिकाले सुपारी खेती विस्तारका लागि ८० प्रतिशत अनुदान कार्यक्रम मार्फत बेर्ना उत्पादन कार्यक्रमका लागि मेची कृषक किसान समुहसंगै मेचीनगर ९ र १२ का किसानलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । साथै उक्त सहयोग मार्फत उत्पादन भएको सुपारीको बिरुवा सहुलियत मुल्यमा मेचीनगरका किसानलाई आवश्यकताका आधारमा उपलब्ध गराइने छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
