तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु : रोहित बुढाथोकी
रोहित बुढाथोकी : अध्यक्ष पदका उम्मेदवार
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनमा लोकतान्त्रीक प्रगतिशील साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । प्यानलका अध्यक्ष उम्मेद्वार बुढाथोकीसँग गरिएको कुराकानी
तपाईं चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?
–खानेपानीको निर्वाचन एउटा स्वभाविक प्रक्रिया हो । यो सामाजिक कार्य गर्ने एउटा महत्वपूर्ण ठाउँ पनि हो । नेतृत्व परिवर्तनको यो घडीमा संस्थालाई बुझेको र संस्था हाक्न सक्ने व्यक्ति त्यहाँ पुग्न जरुरी छ । मैले आफूलाई त्यही हिसाबले बुझेको छु । हाम्रो सिंगो टिम एकताबद्ध भएर मतदाताको घर दैलोमा पुगीरहेको छ । हामी पार्टीगत रुपमा सहभागी भएपनि पार्टीभन्दा माथि उठेर काम गर्नेछौं ।
खानेपानीका चुनौतिहरु के के छन् ?
–संस्थामा धेरै किसिमका चुनौतिको सम्भावना देखेको छु । पुरानो संस्था भएपनि क्षेत्र विस्तार हुँदै सात वडा वडामा पुगेको छ । टेङ्की समेत विस्तार भएका छन् । तर, सबै जनताले खानेपानी पाउन सकेका छैनन् । आर्थिक रुपमा सवल अनि विपन्न परिवारलाई समेत खानेपानी उपलब्ध गराउनु पर्ने दायित्व संस्थाको छ । अर्काेतर्फ बारम्बार कालोपानी आउने समस्या छ । त्यसको समेत दिगो समाधान खोज्नु छ । यतिखेर सडक विस्तारको क्रममा छ । सडक विस्तार गर्दा धेरै पाइपहरु काटिने फुट्ने सम्भावना समेत छ । आर्थिक रुपमा कमजोर विपन्न परिवारलाई खानेपानीको पहुँच पुर्याउने काम हाम्रा सामु छ । त्यसको समेत सही व्यवस्थापन गर्न जरुरी छ । यी सबैखाले चुनौतिलाई समाधान गर्दै हामी अघि बढ्नेछौं ।
तपाईंका चुनावी एजेण्डा के के छन् ?
–स्वच्छ र सर्वसुलभ खानेपानी निरन्तरता हाम्रो प्रतिबद्धता हो । स्वस्थ जीवन जिउन स्वच्छ खानेपानी वितरण गर्नेछौं । संस्थामा लामो समयदेखि ऋण भार बढी रहेको छ । त्यसलाई समेत विभिन्न श्रोतको खोजीगरी ऋण भार घटाउने हाम्रो अर्काे लक्ष्य छ । उपभोक्तालाई समेत सर्वसुलभ पानी वितरण गर्नेछौं ।
तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?
–मैले अघि पनि भने, निर्वाचन स्वभाविक प्रक्रिया हो । चुनाव स्वस्थ प्रतिष्पर्धाबाट हुनुपर्छ । सबै निकटतम साथीभाइहरु चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरु सबैले मलाई सम्मान गर्नु हुन्छ । मलाई आदर गर्नु हुन्छ । त्यसैले मैले उहाँहरुलाई होच्याउने, नराम्रो भन्न मिल्दैन । म पनि उहाँहरुलाई सम्मान गर्छु ।
खानेपानी उपभोक्ता समितिलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा छ नि, तपाईंको बुझाइमा के यो सकारात्मक कार्य हो ?
–खासगरी यो राज्य पक्षले नै गर्ने काम हो । स्थानीय सरकारले सम्पूर्ण नगरवासीलाई सर्वसुलभ ढंगबाट स्वच्छ खानेपानी उपलब्ध गराउन सके राम्रै सन्देश जाला । तर, राज्य पक्षले यो काम गर्न सक्ने अवस्था देखिँदैन । उपभोक्ता समिति मार्फत जुन प्रकारको प्रभावकारी सेवा उपभोक्ताले पाउँछन् । सरकारको स्वामित्वमा आएपछि ढिलासुस्ती हुन सक्छ । यो विषयलाई बुझेर स्थानीय सरकारले प्राधिकरणमार्फत प्रभावकारी सेवा दिने आँट गरेर अघि बढ्यो भने पनि त्यसलाई सहज रुपमा लिनुपर्छ । तर, सेवा प्रभावकारी हुनुपर्छ । सम्पूर्ण नगरबासी सर्वसुलभ ढंगले पानी खान पाउनु पर्छ ।
तपाईंको जित्ने आधार के के छन् ?
–मैले विभिन्न संघ–संस्थामा बसेर कुशलतापूर्वक काम गरिसकेको छु । आर्थिक पारदर्शीताको विषयमा म सजक छु । मेरो कामलाई नजिकबाट नियाल्नु हुने साथीहरुले मलाई नेतृत्वमा अघि बढाउनु भएको छ । सिंगो प्यानलको मात्र नभएर शुभेच्छुक साथीहरुले मत दिने विश्वास दिलाउनु भएको छ । त्यसैले जीत सुनिश्चित छ भन्ने लागेको छ ।
अन्त्यमा केही भन्नु छ ?
–म भाषणबाजी भन्दा पनि काममा विश्वास गर्ने मान्छे हुँ । मिठा र चिप्ला भाषणकला मैले जानेको छैन । तर, म जे कामका लागि अघि बढ्छु त्यो काम सफलतापूर्वक पुरा गर्ने मेरो बानी छ । तपार्इंहरुको एक–एक मतको सम्मान गर्नेछु । म लगायत हाम्रो सिंगो टिमलाई विजयी गराइदिनु होला ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं...