काँकरभिट्टा खानेपानी : प्रगतिशील समाजवादी प्यानलका उम्मेदवार घरदैलोमा
मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् ।

घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि उत्साहका साथ मतदाताहरुले निरन्तर पहिलो दिनदेखि नै शुभकामना दिँदै मतदान गर्ने बताएको प्रगतिशील समाजवादी संयुक्त प्यानलका निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिए । उनले आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदाताले आशा गरेको दक्ष र सक्षम व्यक्तिहरु चुनावी मैदानमा रहेकाले पनि सबैले मत दिनेमा आफुहरु ढुक्कसाथ लागि परिरहेको बताए ।

काँकरभिट्टा खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि यतिबेला प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ, सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, लेखा समितिका संयोजक सोमराज ढकाल, सदस्यमा जस्ना राजबंशी र बालकुमार भुजेलसहितका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

अध्यक्षका पदका उम्मेदवार आचार्य सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव रहेको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी उनले पूरा गरिसकेका छन् । उनले काँकरभिट्टा खानेपानी कर्मचारी भएर लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।

उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बाले अहिले पनि काँकरभिट्टा खानेपानीको नेतृत्व कुशल ढंगले निर्वाह गरिरहेका लोकप्रिय पात्र हुन् । कोषाध्यक्ष बिमला तामाङ सामाजिक क्षेत्रमा सक्रिय र चर्चित नाम हो । यसरी हेर्दा यस प्यानलका सबै उम्मेदवारहरु सक्षम र योग्य रहेका छन् ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
