स्व.सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने
सुरेन्द्रनगर । स्व. सञ्जोगहाङ्ख राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहने कार्यक्रममा अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गरिने आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गर्ने भएको छ ।
स्वास्थ्य शिविरको उद्घाटन गर्न कोशी प्रदेशका वन तथा पर्यटन वातावरण राज्यमन्त्री बन्दना झाँगड आउने आयोजकले जनाएको छ । उद्घाटन पश्चात राज्यमन्त्री झाँगडले घैलाडुब्बा मन्दिर र पातालगंगाको निरीक्षण गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत स्व। सञ्जुहाङ्ग राईका परिवारले पाँच लाख रुपैयाँको स्व। सञ्जुहाङ्ग स्मृति अक्षयकोषको समेत घोषणा गरेका छन् । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने आयोजकका तर्फबाट किशोर उपरकोटीले बताए । अन्य क्षेत्र खेलकुद, सांस्कृतिक, व्यक्तित्व विकासलाई पनि वर्षेनि समेट्ने आयोजकले जनाएको छ ।
स्व। सञ्जुहाङ्गका पिता सुवास राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य शिविरका सहयोगी संस्था घैलाडुब्बा शिवालय मन्दिरका उपाध्यक्ष जीवन तामाङ, सचिव निरज खालिङ राई, सदस्य किरण पोखरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियो । पत्रकार किशोर उपरकोटीले स्वास्थ्य शिविर कार्यक्रमको प्रकाश पार्नुको साथै पत्रकार सम्मेलनको सञ्चालन गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
