शान्ति नव दुर्गा मन्दिरमा श्रीमद्भागवत महापुराण हुँदै
मेचीनगर । शान्ति नव दुर्गा मन्दिर मेचीनगर – ८ मा श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको पुराणको सम्पूर्ण तयारी पुरा भएको पुराण आयोजक समितिका संयोजक केदार गिरीले जानकारी दिए ।
पित्रृ उद्धार एवम् नेपाललाई सतीको श्राप मुक्त बनाउने पवित्र उद्देश्य लिएर धार्मिक अनुष्ठान सेवा समाजको पूर्व संकल्पित १०८ भागवत महापुराण अन्तर्गत चैत्र १९ गतेदेखि २६ गते सम्म पं। श्री मदन खनाल ज्यूको प्रमुख बाचकत्व तथा पं। माधवशरण खनाल ज्यूको उपवाचकत्वमा संगीतमय श्रीमद्भागवत महापुराण आयोजना गर्न लागिएको समितिले जनाएको छ ।
पुराण सफल पार्न आयोजकले प्रचार प्रशारलाई तीब्रता दिएको प्रचारप्रसार समितिका संयोजक प्रदिप बुढाथोकीले बताए । समितिले बिभिन्न क्षेत्रमा पुगेर पुराणमा सहभागि भइदिन अनुरोध गरिरहेको छ । त्यसैगरी आर्थिक पक्षलाई पारदर्शी बनाउन समितिले धनेन्द्र गिरीलाई आर्थिक समितिको संयोजक तोकेको छ ।
पुराणबाट बचत भएको रकमले मन्दिर परिसरमा केही संरचना निर्माण गर्ने योजना समेत रहेको समितिका सचिव टंकराना मगरले बताए । भोलि बिहान ९ बजे बिभिन्न जातिय झाँकीसहित कलश यात्रा निकालिने समितिले जनाएको छ । कलश यात्रामा तथा पुराणभर सहभागिभई तन, मन, धन, र बचनका साथ सहयोग गरिदिन संयोजक गिरीले सबैसंग आग्रह गरिरहेका छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
