झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै
बिर्तामोड । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ ।
चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम ९एनआरटी० ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो ।
लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ ।
एनआरटीलाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ । भर्खरै सम्पन्न केपी ओली कप फुटबल प्रतियोगितामा एनआरटी क्लब मछिन्द्र क्लबसँग फाइनलमा पराजित भएको थियो ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
