फोहोरमैला व्यवस्थापन : मेचीनगर, विर्तामोड र भद्रपुरलाई १५ दिनभित्र हाजिर हुन आदेश
झापा । उच्च अदालतले झापाको सहरी फोहोेरमैला सम्बन्धी परेको रीटमा पहिलो सुनुवाई गर्दै मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमवार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाई जानकारी दिएका छन् ।
मेचीनगर वडा नं. ७ का प्रसाईले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकासहित प्रदेश नं. १ को उद्योग, पर्यटन तथा बन मन्त्रालयलाई विपक्षी बनाई सोमवार नै इलाममा रीट निवेदन दिएका थिए ।
अदालतले रीट निवेदकको माग बमोजिम परमादेश आदेश किन जारी नगर्ने भन्दै विपक्षीहरुलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको निवेदकका तर्फबाट मुद्धाको बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन् ।
मुद्धामा निवेदकका तर्फबाट कट्टेल र अर्का अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस गरेका थिए । विषयवस्तुको सम्बेदनशीलतालाई दृष्टिगत गरी अदालतले मुद्धालाई अग्राधिकार दिने समेत आदेश सुनाएको छ ।
फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले चरम लापरवाही गर्दै आएको विषयमा ध्यानाकर्षण गराउँदै मेचीनगर–७ का होमप्रसाद प्रसाई र भद्रपुर–९ का कमलप्रसाद राजबंशीले केही दिन अघि ती नगरपािलकामा माग पत्र दिएका थिए । मागपत्रलाई नगरपालिकाहरुले वेवास्ता गरेको माग पत्र बुझाउन आफै नगरपालिका धाएका राजबंशीले बताए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
