सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सामी
मेचीनगर । सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन (सामी) ले अन्तरक्रिया सम्पन्न गरेको छ ।
मंगलवार मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा सुरक्षित वैदेशिक रोजगारीका लागि मेचीनगरका जनप्रतिनिधिसँग सामीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम अधिकृत रोहित विश्वकर्माले मेचीनगरका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रम अधिकृत विश्वकर्माले स्थानीय तहले गर्ने काम र अधिकारका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएका थिए । उनले पालिकाले गर्न सक्ने कामका विषयमा अवगत गराएका थिए । पालिकाले सुरक्षित आप्रवासन सम्बन्धि नीति तथा कार्यक्रम तय गर्ने, हरेक क्रियाकलापमा जनप्रतिनिधिको सहभागिता र अनुगमन गर्ने, वैदेशिक रोजगारी र रोजगारबाट सकेर आएकाहरुको तथ्याङ्क विवरण राख्ने र अध्यावधिक गर्नेलगायतका काम स्थानिय तहले गनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, मेचीनगर–२ का वडाध्यक्ष दिपक वराल, लाभाग्राहीका तर्फवाट मीना बराल, अम्विका भण्डारी लगायतले बोलेका थिए ।
मेचीनगर सामाजिक विकास शाखाका प्रमुख हृदय राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र वुढाथोकी रहेका थिए भने कार्यक्रमको सञ्चालन रोजगार परमार्शदाता फडिन्द्रप्रसाद दाहालले गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
