हिमालयन इङ्लिस एकाडेमीले गर्यो सम्मान
धुलाबारी । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट विद्यार्थी सम्मान कक्षा १ की प्रन्जिला सिवाकोटीलाई प्रदान गरेको छ ।
विद्यालयले आयोजना गरेको विद्यार्थीको क्षमता अभिबृद्धि कार्यक्रममा सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो । यो सँगै विद्यालयले विभिन्न समयमा आयोजना गर्दै आएको आन्तरिक प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो बनेका उत्कृष्ट प्रतिभाहरुलाई ट्रफीसहित पुरस्कार वितरण गरेको छ । सो अवसरमा विद्यार्थीहरुले एकल तथा सामूहिक नृत्य, गायन, राइम्स लगायतका रोचक प्रस्तुती प्रस्तुत गरेका थिए ।
विद्यालयका कोअर्डिनेटर कमल कोइरालाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकालले हिमालयन एकाडेमीले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसार्इंले नानीहरुलाई पढाइमा अभिभावकले घरमा विशेष ध्यान दिनुपर्ने बताए । विद्यालयका पूर्व कोअर्डिनेटर अनन्तप्रकाश वस्तीले गुणस्तरीय शिक्षामा विद्यालयले कुनै सम्झौता नगर्ने बताए । विद्यालयका प्रिन्सिपल जगतबहादुर तामाङले स्वागत गर्दै संस्कारित र व्यवहारिक शिक्षासहित विद्यार्थीको जीवन पूर्णरुपमा सफल बनाउने अभियानका साथ शिक्षा प्रदान गरिरहेको बताए । उनले अभिभावकको चाहनालाई सार्थक बनाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम्मत क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । सम्मानित तथा पुरस्कृत सबै जनालाई प्रमुख अतिथिले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन छात्रा प्रस्तुती भण्डारीले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
