प्रेस चौतारीको स्थापना दिवस : पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएका हुन् । उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो । स्थापना दिवसमा चौतारीले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको छ ।
बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको छ । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच गरिने छ ।
वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...