राष्ट्रिय युवा संघ मेचीनगर ८ को अध्यक्षमा थामी
इ्टाभट्टा । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर–८ को अध्यक्षमा ललित थामी निर्वाचित भएका छन् । आज मेचीनगर ८ इटाभट्टभामा आयोजित वडा अधिवेशनबाट थामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सञ्जय राजवंशी , सचिवमा आकाश ढुङ्गाना, सहसचिवमा खगेन्द्र धिमाल, दिव्य राजवंशी र कोषाध्यक्षमा प्रदिप गिरी चयन भएको निर्वाचन समितिका अध्यक्ष एवम् नेकपा एमाले झापा क्षेत्र नं १ का संयोजक टिकाराम मंग्रान्तीले जानकारी दिए ।
समितिको सदस्यमा सन्ध्या दाहाल, पूजा राजवंशी, निश्चल दाहाल, सञ्जय धिमाल, समीर मेचे, विशाल राजवंशी, सन्दिप मेचे, निरज मेचे, रोशन धिमाल, योगेश धिमाल, दिपेन धिमाल, सुमन राजवंशी, राकेश मेचे, रुकेन मेचे चयन भएको निर्वाचन समिति सदस्य एवम् एमाले वडा नं मेचीनगर ८ का इन्चार्ज कुन्दन निरौलाले जानकारी दिए ।

युवा संघ मेचीनगर ८ का अध्यक्ष सञ्जय थामीको अध्यक्षतामा सम्पन्न प्रथम वडा अधिवेशनमा युवा संघका जिल्ला अध्यक्ष फुर्वा लामा,क्षेत्रीय संयोजक टिकाराम मंग्रान्ती, नेकपा एमाले मेचीनगरका इन्चार्ज चन्द्र प्रसाइ, एमाले मेचीनगर वडा नं ८ का इन्चार्ज कुन्दन निरौला लगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


