जिम्मेवारी, वियोग र बदला समेटिएको ‘चित्रा’को टिजर सार्वजनिक
काँकरभिट्टा । नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, सुवेक्षा खड्का, प्रमोद अग्रहरी, अन्जना बराइली, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा अजय अधिकारीले लेखेका हुन् ।

चलचित्र यही पुस २७ गते रिलिज हुँदै छ । निर्माण पक्षले टिजर सार्वजनिक गर्दै सिनेमाको प्रचार सुरु गरेको हो ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
