मेचीनगर : सबै वडामा जग्गाको निस्सा वितरण

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो।
मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान नै सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ । सोमबार १,२,३ र ४ नं वडाबाट सुरु भएको अभियान आज १३, १४ हुँदै १५ नं वडामा नै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सञ्चालन भएको छ ।
भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरपालिकाबाट सङ्कलित विवरणको निस्सा वितरण गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको छ । अब छिट्टै नै दर्ता भएका फायलहरु प्रक्रिया पुर्याएर सम्बन्धित निकायमा पठाउने र यथाशिघ्र सम्बन्धित व्यक्तिहरुलाई जग्गाको धनीपूर्जा उपलब्ध गराउन कार्यमा आफुहरु लागि परेको उनको भनाई छ ।
प्रक्रियागत रुपमा दर्ता भएका निवेदनका आधारमा अहिले मेचीनगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् ।
निस्सा वितरण गर्न आफै प्रत्येक वडामा पुगेका नगरप्रमुख बुढाथोकीको टोलिमा उपप्रमुख मीना पोख्रेल उप्रेती, सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, र सम्बन्धित वडामा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न नगरपालिकाले बिगत एक बर्ष अघिदेखि ३ जना लगत प्रविष्टकर्ता, ४ जना फिल्ड सहयोगी र १ जना अमिनलाई निरन्तर खटाइरहेको छ । मंसिर २५ गतेदेखि सुरु भएको निस्सा वितरण कार्यक्रम यहि मंसिर २९ गते सम्ममा सकिनेछ । फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्याउनु पर्ने लगायतका काम एक हप्तादेखि १५ दिनसम्मको समय दिइएको नगरपालिकाले जनाएको छ ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...