झापा नेशनल स्कुल यस बर्ष पनि प्रथम स्थान
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–४ बाहुनडाँगी सामुदायिक भवनमा आयोजित पहिलो दिन भएको प्रतियोगितामा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले मोडल डान्समा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष भएको कार्यक्रममा समेत झापा नेशनल स्कूल साँस्कृतिक नृत्यमा मेचीनगर तथा जिल्ला स्तरीय कार्यक्रममा समेत प्रथम स्थान हासिल गर्न सफल भएको झापा नेशनल स्कुलका को– अडिनेटर अनुपकुमार सुवेदीले बताए ।

‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
मेचीनगरमा प्रथम स्थान हासिल गरेसँगै झापा नेशनल स्कुल पुष २ गते दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने स्कुलका सञ्चालक कमल भेट्वालले जानकारी दिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...