भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इष्ट होराइजन गुञ्जिने
मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इष्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको छ ।
आउँदो डिसेम्बर १, २, र ३ तारिखमा भारतको आन्द्र प्रदेशमा कृतज्ञता यात्रा हुन गइरहेको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट इष्ट होराइजनले आफ्नो साँस्कृतिक कला तथा ब्याक्पाइपर व्याण्ड देखाउने दुर्लभ अवसर पाएको हो ।
भारतको आन्द्र प्रदेश पुटापर्तीमा हुने कार्यक्रममा भाग लिन इष्ट होराइन स्कूलका कक्षा–१ देखि १२ सम्मका ३५ विद्यार्थी र ७ जनाको शिक्षकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ५ हजार मानिस सहभागी हुँदैछन् ।

कला संस्कृतिलाई संरक्षण तथा उजागर गर्न हरेक वर्ष विभिन्न देशहरुमा कृतज्ञता यात्रा हुने गर्दछ । यस वर्ष नेपालले आयोजना गरेको उक्त कार्यक्रम अन्तर्गत ग्लोबल मेडिकल क्याम्प सुरु भइसकेको छ । उक्त मेडिकल क्याम्पमा विश्वरभरका नेपाली डाक्टर तथा इष्ट होराइजनका विद्यार्थी सहभागी भएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले जानकारी दिए ।
भारतको चर्चित रियालिटी सोका कोरियोग्राफर अन्वर हुसेनले कोरियोग्राफ गरेका उत्कृष्ट नृत्य र ब्याक पाइपर व्याण्ड आकाश बराइलीले सहजीकरण गरेका विद्याथीहरुले नेपालको राष्ट्रिय गान, राष्ट्रिय धुन, सर्वधर्म भजन, मालश्री धुन, आयो नेपाली लगायतको नेपाली साँस्कृतिक लोक बाजालाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा प्रस्तुत गर्न लागिएको विद्यालयका प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
