धुलाबारी महोत्सवमा आज आज चर्चित गायिका ज्योती मगर आउने

धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९ औँ दिन नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका ज्योती मगर आउने भएकी हुन् ।
गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । चर्चित गायिका ज्योती मगर मगलबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने मेची चेम्बर अफ कमर्सका महासचिव एवम् महोत्सव समितिका सचिव प्रकाश खड्काले बताए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । यसअघि महोत्सवमा चर्चित र्यापर आशिष राना ‘लाहुरे’ गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने जनाइएको छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...