शिक्षा बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा : उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्युट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलाबारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।
सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टिका भट्टराई र सदस्य सेवा केन्द्र चैतुबारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् । उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
