आज बिर्तामोडमा एमाले अध्यक्ष ओलीले शुभकामना आदानप्रदान गर्ने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । बडादशैं, शुभदिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी हुन झापा आउने भएका हुन् ।
नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार हरेक वर्ष झैं यो वर्ष पनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सबै दलहरु, पार्टीका कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारण नागरिकहरुलाई निमन्त्रणा गरिएको ढुङगेलले जानकारी दिए ।
यस्तै, अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले अध्यक्ष ओली परिवारमा टीका नहुने सचिवालयले जनाएको छ ।
आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । अध्यक्ष ओली झापाबाट नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
