आज बिर्तामोडमा एमाले अध्यक्ष ओलीले शुभकामना आदानप्रदान गर्ने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । बडादशैं, शुभदिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी हुन झापा आउने भएका हुन् ।
नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार हरेक वर्ष झैं यो वर्ष पनि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सबै दलहरु, पार्टीका कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारण नागरिकहरुलाई निमन्त्रणा गरिएको ढुङगेलले जानकारी दिए ।
यस्तै, अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले अध्यक्ष ओली परिवारमा टीका नहुने सचिवालयले जनाएको छ ।
आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । अध्यक्ष ओली झापाबाट नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
