अब पारु र पिङ्कुले गर्नेछन् पुर्वी नाका काँकरभिट्टामा सुरक्षा जाँँच
काँकरभिट्टा । नेपालको पुर्वी नाकामा काँकरभिट्टामा सुरक्षा व्यवस्थालाई थप मजवुत वनाइएको छ । नेपाल प्रहरीले बुधवारदेखी कुकुरको प्रयोग गरेर सुरक्षा जाँच सुरु गरिएको हो । नेपाल प्रहरीले दुई वटा कुकुर पारु र पिङ्कुले नाकामा निगारानीसहित यात्रु तथा सवारी साधनको जाँँच गर्ने छन् ।
सुरक्षा व्यवस्थालाई थप मजवुत वनाउन पुर्वी नाका काँकरभिट्टामा पारु र पिङ्कुलाई सुरक्षा जाँचमा खटाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी दिपक भारतीले बताए । जर्मन सेफर्ड जातको पारु र गोल्डेन रिटिभर जातको पिङकुले बुधवार विहानदेखि पुर्वी नाकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचमा नेपाल प्रहरीलाई सहयोग गरेको डिएसपी भारतीले जानकारी दिए ।

चार्डपर्वको मौकामा विभिन्न अबैध सामग्रीको कारोबार हुन सक्ने भएकाले त्यसको कडाईका साथ निगरानी गर्न कुकुरको प्रयोगले प्रहरीलाई सहयोग पुग्ने भारतीले बताएका छन् । ‘प्रहरीले सुरक्षा जाँच गर्दा नभेटिएका कुराहरु पनि कुकुरले पत्ता लगाउन सक्छ,’ डिएसपी भारतीले भने– ‘प्रहरीले नदेखेका कुरा पनि कुकुरले सुँघेर थाहा पाउने हुनाले सुरक्षा सतर्कतामा सजिलो हुन्छ ।’
पारु र पिङ्कुका लागि राशन लगायतका व्यवस्थापन प्रहरी प्रधान कार्यालयले नै गर्ने कुकुरका ह्याण्डलर प्रहरी हवल्दार दिलबहादुर लिम्बुले बताए । पारुले बिस्फोटक पदार्थ पत्ता लगाउने र पिङ्कुले लागु औषध पत्ता लगाउने लिम्बुले जानकारी दिए । पारु र पिङ्क
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...