नेकपा (एकीकृत समाजबादी) : आइतवारबाट मेची-महाकाली जागरण अभियान
मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) ले भोलि (आइतवार ) बाट मेची-महाकाली जागरण अभियान सुरु गर्ने भएको छ । भोलि काँकरभिट्टामा एक विशेष कार्यक्रमपछि अभियान सुरु हुने पार्टीले शनिवार पत्रकार सम्मेलन मार्फ जानकारी दिएको हो ।
अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा.विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको जम्बो टोली शनिबार काँकरभिट्टा आइपुगेको छ । अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताए । उनले पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताए । कार्यक्रममा नेकपा ९एकीकृत समाजबादी० पार्टी संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विजय पौडेलले १ हजार किलोमिटर लामो जागरण अभियानले खास सन्देश दिन लागेको बताए । उनले अभियानभर जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको रायसुझाव लिने तथा ठाउँठाउँमा कोणसभा र आमसभा आयोजना गरिने जानकारी दिए ।
असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ । त्यसपछि दोश्रो चरण अन्तरगतको अभियान तराईदेखि पहाडसम्म सञ्चालन गरिने पार्टीले बताएको छ । पार्टीका केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, झापा जिल्ला इञ्चार्ज पुष्पराज पोख्रेल लगायतले जागरण अभियानका बारेमा थप जानकारी दिएका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
