पूर्वी हिमाल यातायातकाे अध्यक्षमा हेमराज
बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज दाहाल (भान्जा) सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोड स्थित प्रालिकाे कार्यालयमा सम्पन्न तेस्राे अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
दाहाल यसअघि संस्थाकाे प्रबन्ध निर्देशक थिए । अध्यक्ष अमरसिंह थापा अस्वास्थ्य भएका कारण पछिल्लो समय दाहालले कार्यबाहककाे भूमिका निर्वाह गरिरहेका थिए ।
अधिवेशनले समितिकाे प्रबन्ध निर्देशकमा शिवराज खड्का, सचिवमा भरत खतिवडा र काेषाध्यक्षमा सन्ताेष शर्मा चयन भएका छन् ।
त्यस्तै समितिकाे सदस्यहरूमा नारायणप्रसाद तिवारी, अर्जुन कडरिया, लक्ष्मी कार्की र प्रताप वस्नेत छन् ।
यसैगरी सल्लाहकार समिति संयाेजकमा गणेश न्याैपाने तथा सदस्यहरूमा टंकप्रसाद अधिकारी र गाेपालकान्त सरकार रहेका छन् ।
नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत एवम् पत्रकार अर्जुन कार्कीले प्रमाणपत्र वितरण गरेका थिए ।
नयाँ कार्यसमितिकाे कार्यकाल ४ वर्षकाे रहने संस्थाले जनाएकाे छ ।
अधिवेशनले ५ जना उत्कृष्ट चालकलाई सम्मान गरेकाे छ । सम्मानित हुनेमा सागर अधिकारी, गाेरेबहादुर विसन्के, नरेन्द्र रिमाल, बालकृष्ण थापा र खेम कटुवाल रहेका छन् ।
उनीहरूलाई नगदसहित अविर, टीका, खादा र प्रमाणपत्र दिएर सम्मान गरिएकाे थियाे ।
संस्थाका कार्यबाहक अध्यक्ष हेमराज दाहालले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेकाे थिए भने कार्यक्रमकाे सञ्चालन शिवराज खड्काले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
