‘संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको छ’
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा सरकारले विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको बताएका छन् ।
सभामुख घिमिरेले झापाको बिर्तामोडस्थित आफ्नो सचिवालयमा सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका छन् ।
विभिन्न कारणले संसद् अवरोद्ध भइरहँदा संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सरकार गम्भिर हुनेपर्ने उनको भनाई छ । जनताको सरकार पक्षसंग गुनासो दिनप्रतिदिन बढ्दै गइरहेको बताउँदै उनले त्यस प्रति सरकार गम्भीर हुनु पर्नेमा जोड दिए । साथै उनले जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका सधैव खेल्ने प्रतिक्रिया दिए ।
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि सोमबार साझ गृहजिल्ला आएका घिमिरे आफ्नो निर्वाचन क्षेत्रका मतदातासंग भेटघाट गर्नुका साथै विभिन्न विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ ।
मेचीनगर । मेचीनगर-९ स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त...
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...
मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण...
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...