नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रिजालको सहयोग
बिर्तामोड । झापाका महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सामाजिक व्यक्तित्व शारदा रिजालले सहयोग प्रदान गरेकी छन् ।
सामाजिक अभियान्ता तथा राजनीतिक व्यक्तित्व बिर्तामोड-१ निवासी रिजालले नारी सञ्चार गृहको टिमलाई नगर पाँचहजार पाँचसय ५५ रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
२०६९ सालमा स्थापित नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिबृद्धि, संस्थाको दीगोपना र विभिन्न क्षेत्रमा केही गरौं भनेर उत्साहित महिलालाई प्रोत्साहन गर्ने बहुउद्देश्यीय लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको हो । ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर शुरु गरिएको कोषमा हाल ३६ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
