नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रिजालको सहयोग
बिर्तामोड । झापाका महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सामाजिक व्यक्तित्व शारदा रिजालले सहयोग प्रदान गरेकी छन् ।
सामाजिक अभियान्ता तथा राजनीतिक व्यक्तित्व बिर्तामोड-१ निवासी रिजालले नारी सञ्चार गृहको टिमलाई नगर पाँचहजार पाँचसय ५५ रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
२०६९ सालमा स्थापित नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिबृद्धि, संस्थाको दीगोपना र विभिन्न क्षेत्रमा केही गरौं भनेर उत्साहित महिलालाई प्रोत्साहन गर्ने बहुउद्देश्यीय लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको हो । ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर शुरु गरिएको कोषमा हाल ३६ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


