तेक्वान्दो संघ झापाको कार्यालय उद्घाटन
मेचीनगर । नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । सरस्वती पुजाको अवसर पारि फागुन ४ गते मंगलबार कार्यलयको नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको हो ।
जिल्लाको सदरमुकाम चन्द्रगढीमा एक कार्याक्रमको आयोजना गरि जिल्ला कार्यालयको उद्घाटन गरिएको हो । नेपाल तेक्वान्दो संघका केन्दीय सदस्य बिजयकुमार न्यौपानेको प्रमुख आथित्यमा जिल्ला कार्यलयको उद्घाटन गरिएको हो ।
जिल्ला कार्यलयको उद्घाटन कार्याक्रममा टहलदास मैनाली, डेमा थापा, सौरभ प्रधान, गंगाबहादु थापालगायतको उपस्थिती रहेको थियो । नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बावुलाल सुव्बाको अध्यक्षतामा सम्पन्न कार्याक्रममा संघ झापा जिल्लाका उपाध्यक्ष जेम्स सव्बा, सचिव कुमार भट्टराई, कोषध्यक्ष पूर्णमाया सुव्बा, सदस्य होम दुलाल, संजय राई, योगेन्द रिजाल लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
