काँकरभिट्टा बसपार्क पुनः मर्मत सम्भार हुने

मेचीनगर । नेपालको पुर्वी नाका स्थित काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जिर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्क पुनःमर्मत संम्भार हुने भएको हो ।
मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले काँकरभिट्टा बसपार्कको गरि विनियोजित एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनःमर्मत सम्भार गरिने भएको छ ।
बसपार्कको स्थलगत अनुगमन पश्चात् आज नगर प्रमुख बुढाथोकी सहित उपप्रमुख मीना पोख्रेल उप्रेती, मेची नगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्यहरू भविन्द्र सुब्बा, धुर्वकुमार राई र सिमा रसाइली, शहरी विकासका इन्जिनिय, रमिक्सेन राई, डेनिस भट्टराई, बसपार्क व्यवस्था समिति अध्यक्ष डिल्लीराम घिमिरे, सदस्यहरू माधव अर्याल, सुरेन्द्र बुढाथोकी, बिष्णुकुमार श्रेष्ठ, दुर्गाराज अर्याल र किरणकुमार तामाङलगायतको सरोकारवालाहरूसंगको उपस्थितिमा भक्कीएको ठाउँमा पुनःनिर्माण गर्ने, आवश्यकताका आधारमा यात्रु शाखा स्थापना गर्ने, बसपार्कमा पानी निकासी नहुँदा समस्या हुने गरेको हुँदा त्यसलाई बनाउने लगायतको बिषयमा छलफल गरिएको थियो ।
नगरप्रमुख बुढाथोकीले अहिले बजेट छुट्टयाइएको रकमले बसपार्क पुनःमर्मत सम्भार गरिने जानकारी दिए । साथै उनले मेचीनगरको गौरवको योजनाका रूपमा अगाडि सारिएको बहुतले टर्मिनल बसपार्क बनाउन नगरपालिका लागि परिरहेको बताए । उनले अहिले डिपिआर तयार भइरहेको बताए ।

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी...

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...