इस्ट होराइजन : विद्यार्थीद्वारा ढुंगेलको घरमा निःशुल्क वाइरिङ
धुलाबारी । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय इस्ट होराइजन माविका धुलाबारीका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छन् ।
विद्यालयको अतिरक्ति कक्षा अन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर-१० मा नेपाल सरकारको गरिब आवास परियोजना अन्तर्गत वडाको नेतृत्वमा बनेको चन्द्र ढुंगेलको घरको वाइरिङ गरिदिएका हुन् ।
विद्यार्थीले ढुंगेलको घरमा वाइरिङ गर्दा प्रयोग भएका सम्पूर्ण सामानहरु पनि आफ्नो कोषबाट निःशुल्क जडान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।
फरक क्षमता भएका ढुंगेल स्थानीय मन्दिरका पुजारी हुन् । वडा सदस्य विशाल कार्की, टोल सचिव मातृका दाहालको उपस्थितिमा वाइरिङको काम सकेर हस्तान्तरण गरिएको हो । इस्ट होराइजनले विद्यार्थीहरुलाई सीपमुलक तालिमका साथै उनीहरुलाई व्यावहारिक शिक्षासमेत दिँदै आएको छ ।





धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

